एसिया कपमा नेपाल र भारतबीचको खेल हेर्नकै लागि विद्यालय बन्द

न्युजलय १८ भदौ २०८०, सोमबार ११:५२ मा प्रकाशित

वीरगञ्ज । आज हुन गइरहेको नेपाल र भारतबीचको खेल हेर्नका लागि भनेर वीरगञ्जमा विद्यालय बन्द आह्वान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले सोमबार बिहान कार्यालय समय शुरु भएपछि एक सार्वजनिक सूचना जारी गर्दै नेपाल र भारतीचको खेललाई मध्यनगर गर्दै आज सोमबार दिउसो २ बजेबाट विद्यालयमा बिदा दिएको जनाएको हो ।

महानगपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज दिउँसो २ बजेबाट बिदा दिएको बताइएको छ ।  

विद्यार्थीहरूमा क्रिकेटप्रति देखिएको उत्साहलाई ध्यानमा राख्दै बिद्यालयमा बिदा दिइएको सूचनामा उल्लेख छ । 

खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।