विश्व आदर्शकी अनिशा बनिन् बिविएस पहिलो वर्षको टपर

न्युजलय १७ असोज २०८१, बिहिबार ११:२३ मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्व आदर्श कलेजकी छात्रा अनिशा पाठक बिविएस पहिलो वर्षको टपर बनेकी छिन् ।

उनले ८२.४० प्रतिशत अंक हाँसिल गरेकी छिन् । कलेजले यो सबैभन्दा बढी अंक भएको दावी गरेको छ ।

विश्व आदर्श कलेजकी छात्रा प्राश्ना पराजुलीले केही समय अघि एमविविएसको इन्ट्रान्समा प्रदेशको पहिलो र छात्रा तर्फ देशकै दोस्रो स्थान हासिल गरेकी थिइन् ।