मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय ९ फाल्गुण २०८०, बुधबार ११:४८ मा प्रकाशित

 मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज राति  पुष्पलाल चौकबाट मानगडतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  चालक ग्रामथान गाऊँपालिका–१ का २६ वर्षीय राहुल चौधरी र पछाडि सवार २४ वर्षीय  शम्भु चौधरी घाइते भएका थिए। 

घाइतेहरुलाई उपचारकोलागि कोशी अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।