सुनको मूल्य घट्यो

न्युजलय १४ कार्तिक २०८३, शुक्रबार ११:४५ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।