देशभर आज थप १६ जनामा कोरोना पुष्टि

न्युजलय १९ कार्तिक २०७९, शनिवार ०८:४५ मा प्रकाशित

काठमाडौँ । नेपालमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


देशभर गरिएको ४ सय ४९ पिसिआर परीक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । 


हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।