काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।
आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।
सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।
उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् ।
मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।