घट्यो सुनको मूल्य

न्युजलय २२ कार्तिक २०७९, मङ्गलबार ०५:३० मा प्रकाशित

काठमाडौं । मंगलबार (आज) सुनको मूल्यमा तीन सय रूपैयाँ गिरावट आएको छ।

सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।