भारतमा ११ वटा गाडी ठोक्किँदा १३ जनाको मृत्यु

न्युजलय ३१ मङ्सिर २०८२, मङ्गलबार ०२:४२ मा प्रकाशित

काठमाडौँ । भारतको दिल्ली–आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो ।

मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसवेमा ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर आगो लागेको थियो ।

प्रहरी अधिकारीले तीनवटा शवको पहिचान भइसकेको बताए, बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने बताइएको छ ।