इटहरीमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

न्युजलय १० कार्तिक २०८२, आइतबार ११:१२ मा प्रकाशित

इटहरी । इटहरी –४ पानधारेमा ईभी गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन्।

शनिवार बेलुका घरमा पार्किङ गर्न खोजिएको प्र. १–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडीले घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिएको हो।

ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साहको ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएकोमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २६ वर्षीया राधिका साहको बायाँ खुट्टा फ्याक्चर भई घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।

गाडी चालककरिब ५० वर्षीय मुरली मानन्धर फरार रहेको र उनको खोजतलास जारी रहेको इटहरी इलाका प्रहरी कार्यालयले जनाएको छ। गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।