आईपिएलमा मुम्बईको लगातार पाँचौ हार

न्युजलय ३१ चैत २०७८, बिहिबार ०१:५९ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्सले लगातार हार व्यहोरेको छ। 


जारी संस्करणमा मुम्बई लगातार पाँचौ खेलमा पराजित हुन पुगेको छ। बुधबार राति भएको खेलमा मुम्बई पञ्जावसँग १२ रनले पराजित पाँच पटकको च्याम्पियनको आगामी यात्रा कठिन देखिएको छ।


पुनेमा टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले मुम्बईलाइ जितका लागि २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रनको लक्ष्य दिएको थियो। 


राम्रो सुरुवात गरेको पञ्जावका लागि कप्तान मयंक अग्रवाल र शिखर धवनले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।


धवनले ७० रनको इनिङ खेल्दा अग्रवालले ३२ रनमा ५२ रनको विष्फोटक इनिङ खेलेका थिए। त्यस्तै जितेश शर्मा ३० रनमा अविजित रहँदा जोनी ब्यारिस्टो १२ रन बनाएका थिए। त्यस्तै शाहरुख खानले १५ रन जोडे। मुम्बईका लाबसिल थम्पिले २ विकेट लिंदा जयदेव उन्नाकट, जसप्रित बुमराह  र मुरुगन अश्विनले समान १–१ विकेट लिए।


१ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमा समेटियो। उसका लागि डेवाल्ड ब्रेभिसले २५ बलमा ४९ रनको विष्फोटक इनिङ खेलेपनि टीमको हार टार्न सकेनन्। उसका लागि थप स्कोरका रुपमा सुर्यकुमार यादवको ४३ रन रहँदा तिलक वर्माले ३६ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले २८ रन जोडेका थिए। पञ्जावकाक लागि ओडेन स्मिथले ४ विकेट लिए।