तिलक सिंह पेला र नवराज पराजुलीको गीत ‘ध्यान’ सार्वजनिक

न्युजलय १९ साउन २०८०, शुक्रबार १२:५५ मा प्रकाशित

काठमाडौँ । तिलक सिंह पेला र नवराज पराजुलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 

नवराज पराजुलीको युट्युब च्यानलमार्फत ‘ध्यान’ बोलको गीत सार्वजनिक गरिएको हो। 

नवराज पराजुलीको शब्द तथा संगीत रहेको गीतमा उज्जवल सागरको संगीत संयोजन छ। गायक पेलाले अरूको संगीतमा पहिलो पटक यो गीत गाएका हुन्।

गीतमा कोरस गायन पुष्पन प्रधान, रिदम कँडेल, उज्वल सागर र किरण भुसालको रहेका छन्।

किरण बरालको बाँसुरी बजाएको गीतको भिडिओ निर्माण सुशील खनाल र विवेक निशानीले गरेका हुन्।