झापामा गाई चोरेपछि काटेर खाएको आरोपमा ४ जना पक्राउ

न्युजलय २३ भदौ २०८१, आइतबार १२:३२ मा प्रकाशित

झापा । झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका –२ बस्ने लछुमन विष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो । 

उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका– ४ बस्ने गिता श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।