काठमाडौँ । श्रीलंकाली वायुसेनाको हेलिकप्टर शुक्रबार उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटना हुँदा ६ सैन्य कर्मचारीको मृत्यु भएको छ ।
वायुसेनाका प्रवक्ता एरान्डा गीगानागेले हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। बाँकी ६ घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
श्रीलंकाली वायुसेनाको स्वागत समारोहमा आयोजित प्रदर्शनका क्रममा यो घटना भएको हो।