झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

न्युजलय १० फाल्गुण २०८०, बिहिबार ०१:०५ मा प्रकाशित

 झापा । झापाको बिर्तामोड नगरपलिका–५ भद्रपुर रोडबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका राजबंशीको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।