काठमाडौँ । अमेरिकी डलको भाउ हालसम्मकै उच्च भएको छ । एक अमेरिकी डलरको विनिमय दर नेपाली १२४.६८ रुपैयाँ तोकिएको छ । यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा रुपैयाँ ०.४८ प्रतिशतले बलियो भएको थियो । पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढ्दै गएको हो ।
पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ । गत वैशाखमै अमेरिकामा डलरको भाउले २ दशकयताकै नयाँ उचाइ प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए ।
डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ । यस्तै, प्रत्यक्ष वैदेशिक लगानीमा पनि सकारात्मक प्रभाव पार्छ । तर उच्च व्यापार घाटाको कारण वस्तु तथा सेवाको आयात वापतको भुक्तानीमा ठूलो नेपाली रकम खर्च भइरहेको छ । जसले गर्दा नेपालमा रहेको डलर संचिती घट्ने समस्या उत्पन्न भएको छ ।