नेप्सेमा ३.०२ अंकको गिरावट

न्युजलय २३ मङ्सिर २०८२, सोमबार ०९:०५ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक ५५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सागर डिष्टिलरीको २३ करोड ९७ लाख रुपैयाँ र तेस्रोमा पियोर इनर्जीको ९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।