बढ्यो सुनको मूल्य

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार १२:०८ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार(आज) प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि आइतबार ४ सय र सोमबार ३ सयले मूल्य बढेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ । 

चाँदी भने हिजोकै मूल्यमा कारोबार भएको छ । प्रतितोला १ हजार २ सय ६५रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।