काठमाडौं । बुधबार सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि नेप्से परिसूचक २५३८ अंकमा कायम भएको छ ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब ९४ करोडको भयो । १९३ कम्पनीको मूल्य बढ्दा ७५ को घट्यो भने १० को स्थिर रह्यो।