इटहरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय २१ जेठ २०८१, सोमबार ११:०९ मा प्रकाशित

इटहरी । इटहरी–१ आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आइतबार राति इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक मोरङको कानेपोखरी १ बस्ने ४४ वर्षीय डेगराज गौतमको मृत्यु भएको इटहरी प्रहरीले पुष्टि गरेको छ ।

गम्भीर घाइते भएका उनको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कार चालक उदयपुरको त्रियुगा ३ बस्ने ४१ वर्षीय रमेश निरौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।