विश्व आदर्शको एक्सपोमा घरेलु हस्तकलादेखि प्रविधिसम्म (भिडियो)

न्युजलय २९ माघ २०८०, सोमबार ०८:५३ मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्व आदर्श एकेडेमीले यो वर्ष पनि विद्यार्थीहरुको सहभागितामा विश्व आदर्श एक्स्पो गरेको छ । शैक्षिक तथा अतिरिक्त कृयाकलापमा पुर्वमै स्तर कायम गर्न सफल एकेडेमीले विद्यार्थीहरुले सिकेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई प्रयोगात्मक रुपमा उतारेर प्रदर्शन गरेको हो ।


एक्स्पोमा स्कुलदेखि कलेजसम्मका विद्यार्थीहरुले बनाएका शैक्षिक, प्राविधिक सामाग्रीहरु प्रदर्शनमा राखिएका थिए । यस्तै एक्स्पोमा पुराना परम्परागत सामाग्रीहरु, घरायसी प्रयोगका सामाग्री, घरेलु हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शनी थियो । विद्यार्थीहरुलाई घरव्यवहारदेखि विज्ञानसम्म जोड्नेगरी एकेडेमीले दिइरहेको शिक्षा एक्स्पोमार्फत् प्रस्तुत भएको विश्व आदर्श एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले जानकारी दिए ।


एक्स्पोमा विद्यार्थीहरुले व्यवस्थित इटहरीको खाका बनाएर प्रदर्शन गर्नुका साथै मोबाइल एपबाट चल्ने रोबोटहरु पनि देखाएका थिए । एक्स्पोलाई विद्यार्थी, अविभावक, शिक्षकका साथै इटहरी र आसपासका जनप्रतिनिधि र सर्वसाधारणले अवलोकन गरेकाथिए ।


विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनीको अवलोकन गर्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरुको कला, प्रयास र मेहेनतलाई उचित स्थान दिनुपर्ने बताए ।