काठमाडौं । सोमबार(आज) सुनको मूल्य घटेको छ ।
आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।