नेप्से परिसूचक ३८.३७ अंक घट्यो

न्युजलय २१ साउन २०८०, आइतबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । सेयर बजारका सबै सूचक ओर्लिएका छन् । 

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३८.३७ अंक घटेर २०५१ अंकमा कायम भएको छ । आज कुल २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।

कुल १८ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ २२, विकास बैंक ९७, फाइनान्स ६२, होटल तथा पर्यटन २०१, जलविद्युत् ४४, जीवन बीमा २३७, उत्पादन ८४, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २२२, अन्य १७ र व्यापार उपसमूह ६८ अंक घटे ।

आइतबार नै सूचीकृत भएका नेपाल रिपब्लिक मिडिया र आईएमई लाइफको मूल्य १० प्रतिशत बढ्यो ।