काठमाडौं । मंगलबार(आज) सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको थियो ।