इटहरी । भारतको राजस्थान मार्बल तथा ग्रेनाइट्सको लागि संसारभर प्रसिद्ध छ । विश्वका ठूला र स्तरीय संरचना निर्माणमा त्यहाँको मार्बल, ग्रेनाइट्सको प्रयोग गरिन्छ ।
पछिल्लो समय आकर्षक घर निर्माणमा प्रयोग हुने तिनै सामाग्रीहरुको बिक्रि वितरण इटहरीमा पनि सुरु गरिएको छ । इटहरीको धरान रोड आर्मी ब्यारेक छेउमा खुलेको राजस्थान मार्बल एण्ड टायल्सले राजस्थानको मार्बल उपलब्ध गराइरहेको छ ।
ग्राहकहरुलाई गुणस्तरीय सामाग्री उपलब्ध गराउने उद्देश्यले आफूहरुले मार्बल, टायल्स तथा ग्रेनाइट्सहरुको बिक्रि वितरण सुरु गरेको सञ्चालक बलदेव चौधरीले जानकारी दिएका छन् । साथै किचन, बाथरुमका लागि आवश्यक सेनेटरी आइटम, सीपी फिटिङ्ससमेत उपलब्ध गराइरहेको उनले जानकारी दिए ।
उनले मार्बल र टायल्समा आफ्नो परिवार लामो समयदेखि व्यवशायमा संलग्न रहेकोले गुणस्तरीय र सुलभ सामाग्रीको ग्यारेन्टी गर्नसक्ने बताए । ‘हामीले अरुले ल्याएको सामान बेचेको होइन, बरु हाम्रो परिवार लामो समयदेखि यही व्यवशायमा छ,’ उनले भने, ‘त्यसैले हामी गुणस्तरीयताको ग्यारेन्टी दिएर सामान उपलब्ध गराउँछौं ।’
राजस्थान मार्बलको शाखा बिर्तामोड र चितवनमा स्थापना भइसकेको र अन्य ठाउँमा पनि सम्भावना हेरेर खोल्ने क्रम जारी रहेको जानकारी दिए ।