इटहरीस्थित पिनाकल फिटनेसले मनायो वार्षिकोत्सव

न्युजलय ४ मङ्सिर २०८२, बुधबार ०६:१७ मा प्रकाशित

इटहरी । इटहरीस्थित पिनाकल फिटनेसले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीको प्रमुख आतिथ्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा वार्षिकोत्सव मनाएको हो । 


इटहरीको संगीत चोकस्थित यो फिटनेसले इटहरीमै अत्याधुनिक उपकरणहरुसहित फिटनेस सुविधा दिइरहेको सञ्चालक रामकुमार गिरीले जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रका लागि सामाजिक भावनाका साथ फिटनेस सञ्चालनमा ल्याएको उल्लेख गर्दै सेवालाई थप स्तरीय बनाउँदै लाने प्रतिबद्धता जनाए । 


कार्यक्रममा बोल्दै शारीरिक सुगठनका खेलाडी मनोज सुवेदीले आफू पहिला दुव्र्यसनमा फँसेको र पछि निस्कनलाई जिमको सहयोग लिएको बताएका थिए । उनले खेलकुद र कसरत आवश्यक रहेको बताए ।


कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्ठ फिटनेस सहभागिहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।