मोटरसाइकल दुर्घटनामा विराटनगर महानगरपालिकाका कर्मचारीको मृत्यु

न्युजलय २४ माघ २०८०, बुधबार १२:४५ मा प्रकाशित

विराटनगर । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा विराटनगर महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।

मंगलबार राति मोरङको ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित भित्री पक्की सडकखण्डमा झोराहाटबाट थलाहातर्फ जादैँ गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङको कटहरी गाउँपालिका ७ बस्ने अन्दाजी ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको हो ।

मोटरसाइकल चालक रहेका उनको टाउकोमा गम्भीर चोट लागेर घाइते भएपछि कोसी अस्पताल विराटनगरमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको राति मृत्यु भएको प्रहरीले जनाएको छ । मनोज विराटनगर महानगरपालिका –३ का कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।