भ्यालेन्टाइन पोजमा तामाङ र माझी

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:५८ मा प्रकाशित

इटहरी । गत वर्षहरुमा झै यो वर्ष पनि पूर्व फुटबल स्टार तथा प्रशिक्षक सुरेन्द्र तामाङ भ्यालेन्टाइन डे को दिन रोमान्टिक पोजमा देखिएका छन् ।

 

पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भ्यालेन्टाइन डेको अवसर पारेर फोटोसुट गराएका छन् । उनले मैथिली चलचित्रकी नायिका तथा मोडेल मेनुका माझीसँग फोटो खिचाएका हुन् ।


फुटबल छाडेपछि प्रशिक्षण गरिरहेका तामाङले शारीरिक सुगठनमा ध्यान दिएका छन् । जसको परिणाम उनको तस्वीरमा देख्न सकिन्छ । 

द सेकेन्ड क्लोसेट इन्टरनेशनलको डिजाइनमा देखिएका दुवैको मेकअप पेस्को मेकअप स्टुडियोले गरेको हो ।


मनिता तामाङको कोरियोग्राफीमा इटहरीमा फोटो खिचिएका हुन् । फोटोहरु कोशी भिजन फिल्मले इटहरी इन्टरनेशनल होटलमा खिचेका हुन् ।