टी २० अन्तर्राष्ट्रिय खेलमा इङ्ल्याण्डविरुद्ध भारतको सहज जीत

न्युजलय २४ असार २०७९, शुक्रबार ०२:१० मा प्रकाशित

काठमाडौं । भारतले पहिलो टी २० अन्तर्राष्ट्रियमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । यो जीतसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ।


जीतका लागि १९९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १९ओभर तीन बलमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।

 

इङ्ल्याण्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक ५१ रन बनाए । पाण्ड्याबाहेक कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान दिए ।


इङ्ल्याण्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । दोस्रो खेल भोलि शनिबार खेलिने छ ।