हर्क साम्पाङको स्ट्याटस ‘अचेत जिन्दगीको जय होस् !’

न्युजलय १७ कार्तिक २०८२, आइतबार ११:३६ मा प्रकाशित

धरान । काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ को स्ट्याटसको चर्को आलोचना भइरहेका बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । 

आज बिहान सामाजिक सञ्जालबाटै मेयर साह लक्षित स्ट्याटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् ।

उनले लेखेका छन्,‘मन पर्ने मान्छेको पादै मिठो !मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस् !’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गएराति सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्ट्याटस लेखेका थिए । बालेनको स्ट्याटसको चौतर्फी आलोचना भइरहेको छ । यद्यपि, उनले राति नै स्ट्याटस हटाइसकेका छन् ।