मोरङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

न्युजलय २७ बैशाख २०८१, बिहिबार १२:३५ मा प्रकाशित

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–६ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय प्रकाश चौधरी छन् । 

बुधबार घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका उनी अबेरसम्म घर नफर्किएपछि खोजी कार्य जारी राखिएको थियो ।

राति  खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।