काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२ विन्दुमा कायम भयो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो।
१०२ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।