आजको सुनचाँदीको मूल्य

न्युजलय १० भदौ २०७९, शुक्रबार ०४:५४ मा प्रकाशित

काठमाण्डौ । शुक्रबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।