काठमाडौं । मंगलबार (आज) सुन–चाँदीको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला दश रुपैयाँले बढेको छ । आज चाँदी १२ सय तीस रुपैयाँ पुगेको छ।