आजको सुनचाँदीको मूल्य

न्युजलय २० असार २०७९, सोमबार १२:४१ मा प्रकाशित

 काठमाण्डौ । सोमबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहेर सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।

तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदी पनि स्थिर रहेको छ। चाँदी आज प्रतितोलामा एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।