काठमाडौं । बिहीबार(आज) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।