कपनबाट कटुवा पेस्तोलसहित ताप्लेजुङका लिम्बु पक्राउ

न्युजलय १६ चैत २०८०, शुक्रबार ११:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कपन सरस्वतीनगरबाट एक जना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका –९ घर भई हाल काठमाडौं महानगरपालिका –६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।

पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतालस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सूचनाको आधारमा उनको घरमा प्रहरीले खानतलासी गरेको थियो ।

सोही क्रममा लिम्बुको घरबाट कटुवा पेस्तोल एक थान, धारिलो चक्कु एकथान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।