काठमाडौं । बिहीबार(आज) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
आज पुँजीबजार मापक परिसूचक नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३६ अंकले घटेर ५४९.६४ विन्दुमा पुगेको छ।
आज नेप्से सूचक घटेता पनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज ४५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक बन्दा १३७ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ। नौ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।