घट्यो सुनचाँदीको मूल्य

न्युजलय १६ असार २०७९, बिहिबार १२:१६ मा प्रकाशित

काठमाडौं । बिहिबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बिहीबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।