२०७८ माघ ०९ गते आइतबारको राशिफल

न्युजलय ९ माघ २०७८, आइतबार ०७:१४ मा प्रकाशित

मेष । पारिवारिक प्रेम बढेर जानेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

 

वृष । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

 

मिथुन । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

 

कर्कट । कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

 

सिंह । आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाईबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

 

कन्या । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

 

तुला । सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

 

वृश्चिक । आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

 

धनु । आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

मकर । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघी बढ्नेछ ।

 

कुम्भ । आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।

 

मीन । भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।