इटहरीमा जागिर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

न्युजलय १२ माघ २०८०, शुक्रबार १२:५२ मा प्रकाशित

इटहरी । इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का प्रदीप कुमार चौधरी र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने अन्जु चौधरी रहेका छन् ।

प्रदीपलाई प्रहरीले यसअघि नै पक्राउ गरेको हो भने अञ्जुलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

उनीहरूले विराटनगर महानगरपालिका १ बस्ने कमल राजवंशीसहित ३९ जना पीडितमार्फत एक करोड ३० लाख एक हजार ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । 

उनीहरूले लोकसेवा आयोगदेखि, आर्मी, पुलिस हुँदै एनजिओसम्ममा जागिर लगाइदिने भन्दै पैसा लिएका हुन् । पीडिहरूले ३ लाख देखि माथि १५ लाखसम्म दिएको खुलेको छ ।

बढीजसो सुनसरी र मोरङका पीडित रहेका छन् भने अन्य जिल्लाबाट पनि पीडितको संख्या आएको डीएसपी कार्कीलेप्रहरीले जानकारी दिएको छ । 

दुवैजनाविरुद्व सुनसरी जिल्ला अदालतबाट ठगी शीर्षकमा बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।