सेयर बजार ६२ अंकले बढ्यो

न्युजलय १० असार २०८०, आइतबार ०९:१३ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से ६२ अंकले  बढेर २ हजार १ सय अंक नाघेको छ । 

बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढे । कुल ६ अर्ब ४९ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ ।

कुल १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को स्थिर रहृयो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।