पेट्रोलियम पदार्थको मूल्य बढ्यो

न्युजलय १२ चैत २०८२, बिहिबार ०६:३९ मा प्रकाशित

इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।

विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख रिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ ।