एमाले सुनसरी अध्यक्षमा निलम खनाल निर्वाचित

न्युजलय ९ जेठ २०८१, बुधबार ०९:२८ मा प्रकाशित

सुनसरी । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । खनाल ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । खनालले निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका छन् । पोखरेलले २ सय ८७ मत मात्र ल्याए । उपाध्यक्षमा पर्शुराम यादव ३ सय ३२ मत ल्याएर विजयी भए । उनले प्रतिस्पर्धी नन्द बस्नेतलाई ३ मतको झिनो अन्तरले पराजित गरेका छन् ।

सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बुलाई  १ सय १७ मतले पछि पारे । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बुले २ सय ७० मत मात्र ल्याए । उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।

राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन् । उपसचिवमा देवानन्द मेहतालाई  १ सय ८८ मतले पछि पार्दै यामकुमार सुब्बा विजयी भएका छन् । सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहेताले १ सय ९७ मत मात्र ल्याउन सके ।