इटहरी । दोस्रो कोशी प्रिमियर लिगमा सहभागी आफ्नो टिम आदर्श जायन्ट्सका खेलाडीहरुलाई विश्व आदर्श एकेडेमीले सम्मान गरेको छ ।
विश्व आदर्श एकेडेमीका केही पुर्व विद्यार्थी र राष्ट्रिय स्तरका खेलाडीहरु सहभागि टिमका १५ जना सदस्यहरुलाई सम्मान तथा विदाई गरिएको हो । एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेशकुमार दुलाल लगायतले सम्मान गरेका थिए ।
सम्मानपछि बोल्दै एकेडेमीका प्राचार्य दुलालले एकेडेमीले शैक्षिक साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुका लागि समेत प्रशिक्षक राखेर प्रशिक्षण दिदै आएको जानकारी दिँदै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई प्रबद्र्धन गरिरहेको जानकारी दिए ।