कोशी प्रदेशमा नेपाली कांग्रेस सरकारबाट बाहिरिने

न्युजलय ३२ असार २०८३, बिहिबार १२:५३ मा प्रकाशित

 विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ । 

सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले सातै प्रदेशका सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएसँगै कोशीमा पनि कांग्रेस अलग्गिने भएको हो ।

कांग्रेसका ४ मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

यहाँ कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग कृषि तथा सहकारी र पर्यटन वन तथा वातावरणमन्त्री छन् ।