मेष । आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।
वृष । नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिथुन । आज हराएको आत्मविश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।
कर्कट । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।
सिंह । जोश जाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
कन्या । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
तुला । आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक । आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।
धनु । आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मकर । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।
कुम्भ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुने र धार्मिक यात्राको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
मीन । आज आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।