इटहरी । निरन्तरको वर्षाका कारण इटहरी क्षेत्र डुबानमा परेको छ ।
इटहरीको बूढीखोला र टेङ्ग्रा खोलामा बाढी बढ्दा कटान सुरु भएको छ । बाढीका कारण इटहरीका २० वटै वडाका विभिन्न क्षेत्रमा समस्या भएको छ ।
खोलामा पानीको सतह बढेर बस्तीमासमेत बाढी पुग्दा इटहरी जलमग्न भएको छ ।
इटहरीका विभिन्न वडाका भित्री भागहरूसमेत डुबानमा परेका छन् । यसैगरी निरन्रतको बाढीका कारण जनजीवनसमेत प्रभावित बनेको छ ।
वर्षा थप हुने भएका कारण सुनसरीको सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, टेङ्ग्रा खोला, मोरङको खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने स–साना खोलामासमेत आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
निरन्तर वर्षा हुँदा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह गरेको छ ।