काठमाडौँ । बिहीबार(आज) पनि सेयर बजार उकालो लागेको छ । १२.५३ अंकले बढेर नेप्से २५२० अंकमा पुगेको हो ।
दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ ३, ब्यापार ५, होटल तथा पर्यटन १९, निर्जीवन बीमा ३८१, उत्पादन ६४, अन्य १७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा उपसमूह २०२ अंकले बढे । त्यस्तै विकास बैंक ४९, जलविद्युत १९ र फाइनान्स उपसमूह ४२ अंकले घटे ।
शिखर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढ्यो । बरुण हाइड्रो र जीवन विकास लघुवित्तको मूल्य ९ प्रतिशत धेरैले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६.७ प्रतिशतले घट्यो ।