काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।