सोलुखुम्बु । सोलुखुम्बुका पत्रकारमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् ।
रिपोर्टिङका क्रममा उज्यालो अनलाइनमा कार्यरत सुवास दर्नालसहित सञ्चारकर्मी रमन वनमाथि हातपात गर्ने माप्यदूधकोशीका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङका क्रममा दर्नाल र वनलाई नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राई लगायत अन्य दुई जनाले हातपात गरेका थिए । अरु दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।